महत भन्ने शब्द पद हो । नेपालका महतहरु कालीकोटे क्षेत्री वंशका हुन् । आर्यहरु आफ्ना पशुधन सहित दलबल समेत मध्ये एसियाबाट सिन्धुघाटी हुँदै ई पु दोस्रो शताब्दीतिर सप्त सिन्धु र पञ्जाबति आइपुगेर क्रमशः गंगाको तटवर्ती क्षेत्रतिर फैलिए अनि उनीहरको प्रशाखाले गंगातटका मलिलो फाँटमा सभ्यताको विकास गरे क्रमशः कालान्तररमा आर्यहरुले उत्तर भारतमा स्थानीय शासकमाथि विजय प्राप्तगरी आफ्ना आयृ मुलका धेरै हिन्दु शासकहरुको स्थापना गरे । ईसाको नवौ दशौ शताब्दी देखी भारतमा तुर्क, आदी मुस्लिमहरुको आक्रमण भै जन जीवनमा नराम्रो असर पर्न थाले पछि अनेक हिन्दु राजपुतहरुका सदस्यहरु पश्चिम उत्तर भारत (कुमाउ) हुँदै नेपालको कर्णाली, काली गण्डकी आदी क्षेत्रमा प्रवेश गरे ।
कालान्तरमा ती आप्रवासी आर्य मध्ये अनेकले यत्रतत्र रजौटा कायम गराई शासन गर्न थाले । महतका पुर्खाले कालीकोटमा राज्य स्थापना गरेकाले कालीकोटे पनि हुन् । कालिकोटे क्षेत्रीले जुम्ला सिञ्जाको खस राज्यमा पाएको महत पद हो । महतले अहिले मानेका गोत्रहरु विभिन्न कारणबाट परिवर्तित गोत्र हुन् । महतले अहिले मान्दै आएका गोत्रहरुका महत प्रायः गोत्रावलिमा देखिदैनन् । महतका बीच आपसमा सहमति भएर एउटै गोत्र मान्न राम्रो हुनेछ । महतले आपसमा विवाहवारी गरेका छैनन् । कालीकोटे विष्ट, बोगटी, खड्कासँग पनि विवाहवारी गरेको छैनन् ।
